भारतमा २४ घण्टामा ४,१९४ कोरोना संक्रमितको मृत्यु, दुई लाख ५७ हजारमा संक्रमण

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा ४,१९४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा हालसम्म २ करोड ६२ लाख ८९ हजार २९० जना कोरोना संक्रमण भइसकेको छ ।

भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको तथ्यांले देखाएको छ । एजेन्सी

 

 
 
  
 

You may also like