रुपन्देहीमा संक्रमणदर र मृत्युदर घट्दै

पछिल्लो २४ घन्टामा ३६१ जना संक्रमित , ६ जनाको मृत्यु 
बुटवल।रुपन्देहीमा निरन्तर रुपमा कोरोना संक्रमणदर घट्दो क्रममा रहेको छ । केहिदिन देखि कोरोना संक्रमितको संख्या ८८८ जना आरटिपिसिआरबाट परि टेस्ट गर्दा ३ सय ६१ जनामा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ।

जिल्ल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार बुटवल उप- महानगरपालिकामा ६२ महिला र ७९ जना पुरुष गरी १४१ जना संक्रमित देखिएका छन् । त्यसै गरी तिलोत्तमा नगरपालिकामा १०३ जना , सिद्दार्थनगरपालिकामा ३६ जना , देवदह नगरपालिकामा ३३ जना , सैनामैना नगरपालिकामा २२ जना कोरोना सक्रमण देखिएका छन् ।

त्यसै गरी सियारी र शुद्दोदनमा ५ जना , ओमसतिया गाउपालिकमा ९ जना , गैदहवामा २ जना , मायादेवी ,कोतहिमाई र रोहिणीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरिमाई ,मर्चावारी गाउपालिकामा शुन्य संक्रमित रहेको तथ्यांकमा उल्लेख रहेको छ ।

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु भएको छ । यससंगै जिल्लामा मृत्यु हुनेको संख्या ३६७ जना पुगेका छन् । मृत्युदर २ प्रतिशत , संक्रिय संक्रमित २६ प्रतिशत र निको हुने ७२ प्रतिशत रहेको छ ।

त्यसै गरी होम आइसोलेसनमा ५८९१ जना रहेका छन् भने जिल्लामा सक्रिय संक्रमितको संख्या ६२४३ जना रहेका छन् ।

 
 
  
 

You may also like