कुन वार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ?

मानिसको स्वभाव, वर्तमान र भविष्य उनीहरुको जन्मेको समय, गते, वार, तिथि, महिना लगायत कुराहरुले गर्छ भन्ने ज्योतिषी मान्यता रहदै आएको छ । आज हामी कुन वार जन्मेका मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ भन्नेबारे ज्योतिषी मान्यताहरु प्रस्तुत गर्न गइरहेका छौं ।

ज्योतिषी शास्त्रका अनुसार, व्यक्तिको जन्म जुन वार हुन्छ, त्यस वारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। हप्ताको सात दिनका कारक ग्रहहरू भिन्दाभिन्दै हुन्छन्। आइतवारको कारक ग्रह सूर्य हो अनि सोमवारको चन्द्र, मङ्गलवारको मङ्गल, बुधवारको बुध, विहिवारको वृहस्पति, शुक्रवारको शुक्र र शनिवारको कारक ग्रह शनि हो।

अब हेरौँ कुन बार जन्मने व्यक्ति कस्तो:-

आइतवार:- आइतवार जन्मने व्यक्ति भाग्यमानी हुन्छन् । यिनीहरुको आयु लामाे हुन्छ । आइतवार जन्मने व्यक्ति कम बोल्ने तर प्रतिभावान हुन्छन् । यो वार जन्मने मानिसलाई मान सम्मान पनि मिल्छ । धर्ममा रूची राख्ने उनीहरुले सबैलाई खुसी राख्छन् । आइतवार जन्मिने व्यक्तिले दैनिक सूर्यलाई जल चढाउदा फलदायी हुन्छ ।

सोमवार:- साेमवार जन्मने व्यक्ति मिजासिलाे हुन्छन् । उनीहरु एकदमै मिठाे बाेल्छन् । यो वार जन्मने मानिसहरु निकै बहादुर हुुन्छन् । उनीहरु सबै सुविधाबाट सम्पन्न हुन्छन् । यो वार जन्मने मानिसहरु मिहीनेती हुन्छन् । यिनीहरु कफ राेगबाट ग्रसित हुन्छन् साेमवार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालाई जल चढाउदा फलदायी हुन्छ ।

मंगलवार:- मंगलवार जन्मने व्यक्ति उग्र स्वभावका हुन्छन् । यिनीहरु झगडालु हुन्छन् जसले गर्दा विवादमा फस्छन् । यो बार जन्मने मानिसहरु बहादुर हुन्छन् भने रचनात्मक पनि हुन्छन् । यिनीहरुले राम्राे नेतृत्व गर्न सक्छन् । मंगलवार जन्मने मानिसहरु तनाव महशुस गर्छन् । यिनीहरु छाला राेगबाट ग्रसित हुन्छन् । मंगलवार जन्मिने व्यक्तिले दैनिक गणेशकाे पुजा गर्दा फलदायी हुन्छ ।

बुधवार:- बुधवार जन्मने व्यक्ति धार्मिक हुन्छन् । यिनीहरुको दिमाग तगडा हुन्छन् । मिठाे बाेल्ने हुन्छन् भने बुद्दिकाे कामबाट लाभ अत्यधिक लाभ मिल्छ । यिनीहरु लापरबाही गर्ने खालका हुुन्छन् । यिनीहरु अरूलाई लाेभ्याउन माहिर हुन्छन् भने बहुमुखी प्रतिभाशाली पनि हुन्छन् । बुधवार जन्मिने व्यक्तिले दैनिक कृष्णकाे पुजा गर्दा फलदायी हुन्छ ।

बिहिवार: – बिहिवार जन्मने व्यक्ति बुद्दिमानी हुन्छन् । यिनीहरु धेरै डराउने खालका हुन्छन् । यिनीहरु निकै भाग्यशाली हुन्छन् । कुनै कुरामा कट्टर हुन्छन् । यिनीहरु सँधै खुसी हुन्छन् । बिहिवार जन्मिने व्यक्तिले दैनिक बिष्णुकाे पुजा गर्दा फलदायी हुन्छ ।

शुक्रवार:- शुक्रवार जन्मने व्यक्ति राम्राे प्रवक्ता हुन्छन् । यिनीहरु निकै सहनशील हुन्छन् । मुश्किलदेखी डराउउने यी वार जन्मने व्यक्तिहरु करियरमा सफल हुन्छन् । यिनीहरु बुद्दिमानी हुन्छन् भने समाजमा प्रतिष्ठित हुन्छन् । शुक्रवार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिकाे पुजा गर्दा फलदायी हुन्छ ।

शनिवार:- शनिवार जन्मने व्यक्तिलाई कृषी व्यापारबाट अत्यधिक लाभ मिल्छ । यिनीहरु रचनात्मक काममा रूचि राख्छन् । यिनीहरु तनाबबाट ग्रसित हुन्छन् भने घरपरिवारमा सुख मिल्छ । यो बार जन्मने व्यक्ति अरूकाे इर्ष्या गर्ने हुन्छन् । यिनीहरु जाेखिम देखी डराउँछन् । शनिवार जन्मिने व्यक्तिले दैनिक शनिकाे पुजा गर्दा फलदायी हुन्छ ।

 
 
  
 

You may also like