पति-पत्नीको सम्बन्ध के कारणले बिग्रिन्छ ?

by समतल अनलाइन

भान्सामा धेरै भाडा भए भने तिनीहरु एक आपसमा ठोकिन्छन भन्ने उखान सदीयौ देखि चलिआएको हो । हो भान्सामा भाडाहरू ठोक्किए जस्तै कहिले काही श्रीमान श्रीमतीको बीचमा पनि खटपट आउन सक्छ, क्षणिक मनमुटाव र तनाव हुनसक्छ, त्यसलाई सामान्य रुपमै लिने गरिन्छ । तर कहिलेकाहीं यी स-साना कुराहरुले पनि ठुलो रुप लिन सक्छन ।

ad
सानो सानो कुराले पनि कहिलेकाहिँ परिवारमा यति ठुलो स्वरुप लिन्छ कि अग्निलाई साक्षी राखेर त्यो सात जन्म सम्म संगै बाच्ने मर्ने कसम खाएका जोडीहरु छुटिन बाध्य हुन्छन । झिना मसिना कुरामा कहिले कुरा आफ्नो र परिवारको स्वाभिमानमा समेत आउछ । मान सम्मान मा समेत असर गर्छ। बदलिदो जीवनशैली, वा समयको अभाव, र यस्तै अन्य धेरै झगडाको कारण बन्न सक्छन । आज मानिशहरु वा श्रीमान श्रीमती बिवाह जस्तो पबित्र र अटुट बन्धनलाई बिर्सिदै गईरहेका छन ।

के तपाई पनि आफ्नो वैवाहिक जीवनमा यी सबै कुरा भोगिरहनु भएको छ र दिन दिनैको झगडाले यदि दुखि हुनुहुन्छ भने जान्नुस यी कुराहरु जसले तपाइको घरमा परिवार र दाम्पत्य जीवनमा खुसि आउने छ र जसले तपाईको सम्बन्धलाई जीवनदान दिन सक्छ।

समयको अभाव

आजभोली प्राय धेरै जसो झगडा एक दोस्रोलाई समय दिन नसक्नुले हुन्छ । बिवाह हुनु भन्दा पहिले मानिशहरु जसरि नि भेट्ने विभिन्न बहाना खोज्छन भेटघाट गर्न मरिहत्ते गर्छन तर बिवाह पछि तिनीहरु कसैलाई अफिसको काम ले त् कसैलाई घरको कामले फुर्सत हुदैन जसले गर्दा एक अर्कोलाई समय दिन सक्दैनन् । जसले सम्बन्धमा चिसोपन ल्याउछ।

अर्काको कमजोरी खोज्नु

विवाह हुनुभन्दा पहिले एक दोस्रोको बानि व्यवहार र अन्य धेरै चिज राम्रो लाग्दछ र अमन पराउछन् । तर बिवाह भएको केहि दिनमै एकले अर्कोको कमी कमजोरीलाई खोज्न थाल्छन । एकले अर्कोलाई आफु अनुकुल परिवर्तन गर्न खोज्छन र दुबैले आ आफ्नो अडान लिन्छन । यहीं रोक टोक र बदल्ने इच्छाले गर्दा बिस्तार बिस्तारै झगडाको शुरुवात हुन्छ । जसले सम्बन्धमा नकारात्मक असर पार्दछ ।

महत्व नदिनु

धेरै जोडीहरु बिवाह पछी एक अर्कोलाई महत्वो दिन छोडिदिन्छन। बिवाह अघि जति माया प्रेम एक अर्कोलाई गर्छन र देखाउछन विवाहपश्चात एक अर्कोलाई महत्वो दिन बिस्तार बिस्तारै छोडछन । एक अर्काको कुरालाई ध्यान दिदैनन सुने नसुने जस्तो गर्छन । उनीहरुमा एकले अर्काको कुराको मूल्य घटाउछन वा सुन्दैनन् । यसले सम्बन्ध जोड्ने भन्दा पनि तोड्ने काम गर्दछ। यस्तो परिस्थितिमा एकले अर्कोलाई सुन्नुस र एकले अर्कोलाई महत्वो दिनुस ।

नजरअन्दाज गर्नु

सम्बन्ध बिग्रिनुमा, टुट्नुमा, र खराब हुनुमा एकले अर्कोलाई नजरअन्दाज गर्नाले असर गर्दछ । मानिशको स्वभाव जहिलै पनि आफ्नो कुरा मात्र ठिक र आफु मात्रै ठिक हु भन्ने खालको हुन्छ । आफ्नो कुरा मात्र ठिक हो भनेर आफ्नो जीवन साथिको कुरालाई गलत हो ठान्छन र अरुको कुरा भावनालाइ बुज्ने कोसिस नै गर्दैनन् । जसले दम्बन्धमा फाटो ल्याउछ र मनमुटाव हुन्छ । यस्तो नहोस भन्ने चाहानुहुन्छ भने सामुन्नेवालाको कुरालाई ध्यानपूर्वक सुन्नुस ।

बच्चाको कारण

कहिले काही श्रीमान श्रीमतिको बिचमा बच्चाको कारणले पनि मन मुटाब र सानो तिनो झगडा हुन्छ । जस्तै खासगरी यदि तपाईको नयाँ नयाँ बिवाह हो भने । यस्तो समयामा आमा बुवा वा घर परिवार तपाईबाट बच्चाको आशा राख्दछन । यस्तोमा बच्चाको बारेमा दुबैको बिचमा भन सुन सामान्य हुन सक्छ । यो समयमा यस्तो पनि हुन सक्छ कि दुवै जना मध्ये कुनै एक जना बच्चाको लागि मानसिक रुपले तयार नहुन सक्छ ।

 
 
  
 

You may also like