इजराइल–प्यालेस्टाइनको भिडन्त जारी : ज्यान गुमाउने १२६ पुगे, नेतान्याहुले दिए यस्तो चेतावनी

काठमाडौं। इजराइल र प्यलोस्टाइनको हमास समूहबीचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा शुरु भएको भिडन्त रोकिएको छैन ।

हिजो मात्रै इजराइली सेनाको कारबाहीका कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ । पश्चिम किनारामा इजराइलले अनाधिकृत रुपमा हडपेको वस्तीहरुमा लगातार भिडन्त भइरहेको छ । इजरेलले विद्रोही समूह भन्दै आएको हमासका लडाकुहरुले गाजा क्षेत्रबाट इजरेली भूमिमा लगातार रकेट हमला गरिरहेका छन् । तर अधिकांश रकेटलाई इजरेलले आकाशमै ध्वस्त बनाईरहेको छ ।

प्रतिउत्तरमा इजरेली सेनाले पश्चिम किनारा र गाजा पट्टीमा लगातार हवाइ तथा स्थल आक्रमण जारी राखेको छ । अपुष्ट खबरहरुका अनुसार इजरेली सेनाको आक्रमणमा हालसम्म १२६ प्यालेस्टीनी मारिएका छन् भने प्यालेस्टाइनी आक्रमणमा इजरेलका ८ सैनिकले ज्यान गुमाएका छन् ।

यसैबीच इजरेली प्रधानमन्त्री बिन्यामिन नेतान्याहूले प्यालेस्टानी विद्रोही हमासविरुद्ध हालैका वर्षमा सबैभन्दा ठूलो कारबाही भइरहेको र यो चाँडै अन्त्य नहुने चेतावनी दिएका छन् । शुक्रबार साँझ तेल अभिभ सहरको सुरक्षा सम्बन्धमा आयोजित बैठकपछि उनले भने, ‘हाम्रो राजधानीमा हमला गरिएको छ र हाम्रा सहरमा क्षेप्यास्त्र हानिएको छ । उसले यसको महँगो मूल्य चुकाउनु पर्नेछ र ठूलो क्षति बेहोरिरहेको पनि छ ।’ एजेन्सी

 
 
  
 

You may also like