भारतमा थप ३ लाख २६ हजारमा संक्रमण, ३८ सय ७९ को मृत्यु

काठमाडौँ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ करोड ४ लाख २६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ७९ हजार ६९१ छ ।

यस्तै त्यहाँ एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या तीन हजार माथि पुग्दै गएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ६६ हजार २२९ पुगेको छ ।

 
 
  
 

You may also like