बुटवल उद्योग वाणिज्य संघद्वारा कोरोनाविरुद्ध निःशुल्क परामर्श सेवा सुरु

बुटवल ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले कोरोना भाइरससम्बन्धि निःशुल्क परामर्श सेवा सुरु गरेको छ । कोरोना संक्रमण भएका बिरामीलाई लक्षित गरेर संघले निःशुल्क परामर्श सेवा सुरु गरेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए।

संघले सुरु गरेको ‘कोभिड–१९ निःशुल्क परामर्श सेवा’मा डा. द्वारिका प्रधान, डा. सुशिल श्रेष्ठ र डा. सुशान्त श्रेष्ठले परामर्श प्रदान गर्नेछन् । परामर्श प्रदान गर्ने डा. द्वारिका प्रधान, डा. सुशिल श्रेष्ठ र डा. सुशान्त श्रेष्ठलाई क्रमशः ९८५७८७५०००, ९८४०१००८२८ र ९८४७११७२९१ मा फोन गरेर मध्यान्न १२ बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सकिनेछ । परामर्श सेवाबाट संक्रमण भएका व्यक्तिहरुले आफ्ना समस्या राख्नुको साथै समाधान कसरी गर्न सकिन्छ, खाने आहार, औषधि तथा स्वास्थ्य उपचार लगायतका विषयमा परामर्श लिन सक्ने संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

कोरोना भाइरस संक्रमितहरुलाई अस्पतालमा बेड नभएको तथा अक्सिजनको समेत अभाव भएका बेला संक्रिमतले त्यो अवस्थामा पुग्नु नपरोस् भन्ने उद्देश्यले परामर्श सेवा प्रदान गरिएको उनले बताए । संघले सुरु गरेको परामर्श सेवाबाट डाक्टरहरुले दिएको सुझाव सल्लाह अनुसार उपायहरु अवलम्बन गरी स्वास्थ्य लाभ लिन समेत अध्यक्ष कसजूले आग्रह गरेका छन् ।

 
 
  
 

You may also like