रुपन्देहीमा थप ७८२ जनामा कोरोना संक्रमण , ११ जनाको मृत्युु

बुटवल ।पछिल्लो २४ घन्टामा रुपन्देहीमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा १२२१ परिक्षण गर्दा सो संख्या पिसिआर रिपोर्ट पोजेटिभ
आएको हो ।

जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवलमा ३७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १३४ जना , सिद्धार्थनगरमा ८३ जना, सैनामैनामा ५८ जना र देवदहमा ५० जना संक्रमित थपिएका छन् ।

त्यसै गरि शुद्धोधनमा १८ जना, मायादेबीमा १५ जना, सियारीमा १४ जना, कञ्चनमा ११ जना, लुम्बिनी साँस्कृतिक नगरमा ८ जना, ओमसतियामा ५ जना, कोटहिमाईमा ६ जना, रोहिणीमा ४ जना र मर्चवारी र सम्मरीमाईमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने हालसम्म २४३ जनाले ज्यान गुमाएका छन ।
अहिले सम्म रुपन्देहीमा ६००० जना संक्रमीत थपिएका छन ।

 
 
  
 

You may also like