भारतमा विपदमाथि विपद : कोभिड अस्पतालमा भीषण आगलागी, १३ बिरामीको मृत्यु

नयाँदिल्ली। भारतको गुजरात राज्यमा पर्ने भरुचस्थित कोभिड अस्पतालमा भीषण आगलागी हुँदा १३ बिरामीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति साढे १२ बजेतिर पटेल वेलफेयर अस्पतालमा भीषण आगालागी भएको हो ।

जसलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल (कोभिड केयर सेन्टर) बनाइएको थियो । भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार मृतकको संख्या अझ बढ्ने सम्भावना छ । एजेन्सी

 

 
 
  
 

You may also like