” गुल्मी जिल्लाकै इतिहासमा पहिलो पल्ट फिल्म छायाँकन हुँदै “

by समतल अनलाइन

गुल्मी।नेपालकै धार्मिक जिल्ला गुल्मीमा नेपालको एक ग्रामिण परिवेशका ईतिहास समेटेर एतिहासिक वृत्तचित्र बन्दै छ । सत्य घटनामा आधारित चोर काट्ने वीर नारी को सत्य कथामा रुमलिएको बास्तबिक घटना पर्दामा आउने भएको छ। करिब १०० बर्ष अघि को ग्रामिण जिबनशैली , बोलचाल , धर्म संस्कृति , सामाजिक रहनसहन र चोर कटिएको घटनालाई मुख्य बिषयबस्तु बनाइएको छ ।लघु फिल्म ‘ चोरकाटे” लाइ प्रकाश ढकालले लेखेका छन् भने निर्देशन पनि आफै गर्ने छन् ।माउण्टेन फिल्मसको प्रस्तुतिमा बन्दै छ यस लघु चलचित्र।

सोही ठाँउ कै स्थानिय जो विगत केही वर्ष देखी प्रवास मा रहेर पनी आफ्नो गाँउ समाज र देशको स्तरवृद्धी भएको हेर्न चाहन्छन् हो उनीहरू मध्ये एक कृष्ण भण्डारी (ढाव कुईन्कोटे) हुन । भण्डारी ले सत्य कथामा आधारित लघु चलचित्र‘ चोरकाटे ” नामको वृत्तचित्र मा साथ दिइएका छन । चलचित्रको यहि असोज १३ गते सोमबार को दिन गुल्मी चोरकाटे मै शुभमुहुर्त गरिदै छ । गुल्मी कै ढाब निवासि निर्माता भण्डारीले हाम्रो जुन्म भुमीको , हजुर बुवा आमा का पालाको कथा अब हाम्रा सन्तती ले महसुस गर्ने छन । ती वीर नारी जस्ले आफ्नो ज्यान् र इजेत को रक्षा को लागि गरेको हिम्मत लाई बिस्वो सामु चिनाउनु पर्छ भन्दछन ।

चलचित्र शुभमुहुर्त कार्यक्रम मा जिल्ला इस्तरिए राजनीतिज्ञ , समाजसेबि र स्थानियको उपस्तिती रहने छ । देश तथा बिदेश मा रहनु भएका गुल्मेलि दाजु भाइ दिदी बहिनी ले दिएको हौसलाले बन्दैछ यो वृत्तचित्र । लोपोन्मुख हुन लागेका हरेक हाम्रा भाषा भेषभुषा संस्कृति परम्परा नयाँ पुस्तालाई अवगत गराउन चालिएको एक क़दम हो वृत्तचित्र चोरकाटे । यश बृतचित्र प्रदर्शन पछी चोरकाटेमा थप पर्यटक भित्र्याउने कुरा मा अशाबादी छन इस्तानिय ।
वृत्त चित्र प्रदर्शन पश्चात संकलित रकमले कम्प्यूटर जडित आधुनिक पुस्तकालय खोलिने जानकारी आएको छ ।

गुल्मी का विभिन्न सेरोफेरो का घटना बिसय बस्तु सङै चोरकाटे को पुरानो ईतिहास र थकालीहरु ले समाज बिकास मा दिइएको योगदान लाई पनि वृत्तचित्र मा देखाउने जानकारी आएको छ र हाम्रा बिगतका पुस्ता को जीवन सैलिलाई पनी फिल्मी शैली मा रोचक ढंग बाट प्रस्तुत गराइने बताउदछन निर्देशक ढकाल ।
उनका अनुसार यस क्षेत्रका कलाहरुलाई प्रयोग गरेर मौलीक नेपाली लघु चलचित्र निर्माण गर्न लागेको हो । गुल्मी को भार्से ,जुनिया ,शान्तिपुर, रुपाकोट , जोहाङ , उल्लिखोला , प्रमानन्दनगर , खल्लुकारुख लगायतका स्थानहरुमा छायांकन गर्ने तयारी गरिएको लघु चलचित्र मा राष्ट्रिय लेबल का कालाकार र स्तानियहरु लेअभियन गर्ने छन। चोरकाटे वृतचित्र निर्माण समिती को आयोजना मा यो काम हुन गैरहेको छ। उक्त वृत्तचित्र यहि तिहार पछी लगतै रिलिज हुने छ ।

 
 
  
 

You may also like