एकै दिन विश्वका ९ लाख मानिसमा कोरोना संक्रमण , १४ हजार बढीको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वका करिब नौ लाख मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । गत २४ घण्टाभित्र आठ लाख ९४ हजार संक्रमित थपिएका हुन् ।

उक्त अवधिमा १४ हजार १४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १४ करोड ६२ लाख १८ हजार नाघेको छ । यस्तै मृत्यु हुनेको संख्या ३० लाख ९८ हजार ८३६ पुगेको छ ।

गत २४ घण्टाभित्र सबैभन्दा धेरै भारतमा तीन लाख ४५ हजार संक्रमित थपिएका छन् । उक्त अवधिमा त्यहाँ दुई हजार ६२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतपछि ब्राजिलमा ६५ हजार ९७१ संक्रमित थपिएका छन् । उक्त अवधिमा त्यहाँ दुई हजार ८६६ जना संक्रमितको मृत्यु भएको छ । यस्तै अमेरिकामा पनि ६५ हजार ८९३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा ७४७ जनाले कोरोनाकै कारण गत २४ घण्टाभित्र ज्यान गुमाएका छन् ।

यस्तै टर्कीमा ४९ हजार ४३८, फ्रान्समा ३२ हजार ३४०, अर्जेन्टिनमा २७ हजार ७१०, जर्मनीमा २३ हजार ७१०, इरानमा २२ हजार ९०४, कोलम्बियामा १९ हजार ९२५, इटलीमा १४ हजार ७६१, स्पेनमा ११ हजार ७३१, पोल्याण्डमा १० हजार ८५८ तथा रसियामा आठ हजार ८४० जना संक्रमित थपिएका छन् । एजेन्सी

 
 
  
 

You may also like