तीन प्रदेशमा मेघगर्जन-चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं। नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यसको प्रभावका कारण देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज (शुक्रबार) देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहने जनाइएको छ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

 
 
  
 

You may also like