विभुषण पाएकोमा नमस्ते नेपालद्वारा रेडियो लुम्बिनीका संस्थापक चापागाईं सम्मानित

by समतल अनलाइन

तिलोत्तमा । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकद्वारा विभुषित भएका रेडियो लुम्बिनीका संस्थापक एवं सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का पुर्व अध्यक्ष मोहन चापागाईंलाई मंगलबार शंकरनगरमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

नमस्ते नेपाल रुपन्देहीले एक कार्यक्रम गरी चापागाईंलाई सम्मान गरेको हो । भुकम्पको बेला देशभरका सामुदायिक रेडियोहरुले खेलेको भूमिकामा पुर्वअध्यक्ष चापागाईंको योगदानको कदर गर्दै उनलाई राष्ट्रपतिबाट उक्त विभुषण प्रदान गरिएको थियो ।

सम्मानित भएपछि बोल्दै चापागाईंले संविधान दिवसका अवसरमा प्राप्त विभुषणले आफ्नो मात्र नभइ सिंगो सामुदायिक रेडियोहरुको महत्वलाई अझ उचाईमा पु¥याएको भन्दै यसले भविष्यमा युवाहरुलाई सकारात्मक कामतर्फ प्रोत्साहित हुने विश्वास व्यक्त गरे ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले सञ्चार क्षेत्रमा चापागाईंले पु¥याएको योगदान र त्यसबापत प्राप्त सम्मानले यस क्षेत्रकै हौसला बढाएको बताए ।
नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले युवाहरुलाई सकारात्मक दिशातर्फ उन्मुख हुन यसबाट प्रेरणा मिल्ने बताउँदै नमस्ते नेपालले समाजमा सकारात्मक योगदान पु¥याउनेहरुलाई सधै स्मरण गरिरहने बताए ।

त्यस अवसरमा समाजका तर्फबाट श्यामलाल खत्री क्षेत्री, दिपेश कंडेल, सरोज खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 
 
  
 

You may also like