नेविसंघ द्वारा बुटवल बहुमुखी क्यापस प्रमुखको कुर्चीमा आगजनी

by समतल अनलाइन

बुटवल। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सघंले मंगलबार बुटवल बहुमुखी क्यापसका प्रमुखको कुर्चीमा आगजनी गरेको छ । विद्यार्थी भर्नामा क्याम्पसले चलखेल गरेको आरोप लगाउँदै नेविसंघले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै क्याम्पस प्रमुखको कुर्चिमा आगजनी समेत बताइएको छ ।

 

नेविसंघका विद्यार्थीहरुले क्यापस प्रमुखको कुर्चिलाई क्याम्पसको प्राङ्गणमा ल्याएर आगजनी गरेका थिए । कम्प्युटर विज्ञान तथा सुचना प्रविधि विषयको भर्ना प्रक्रियामा क्याम्पसले अनियमिता गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको नेविसंघका नेता समुन अधिकारीले जानकारी दिनुभयो ।
भर्ना प्रक्रियामा पटक पटक क्याम्पसले गल्ती गर्दै आएको र नेविसंघले ज्ञापनपत्र बुझाएर ध्यानआर्कषण गराउँदा पनि क्याम्पस प्रशासनले भर्ना प्रक्रियामा अनियमतिता गरेका कारण आफुहरु आन्दोलित हुन बाध्य भएको नेविसंघले जनाएको छ ।

नेविसंघले आज एक बिज्ञप्ती जारी गर्दै क्याम्पसले गरेको भर्ना प्रक्रियाको विषमा निन्दा समेत गरेको छ । अर्काे विज्ञप्ती जारी नगर्दा सम्मको लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी हुने नेविसंघले जनाएको छ ।

विज्ञप्तीमा नेविसंघका विद्यार्थी नेता सुमन प्रसाद अधिकारी , प्रेम परियार, प्रकाश विसी , दिवस न्यौपाने , प्रदिप घर्ति र सन्दिप पाण्डेको हस्ताक्षर रहेको छ ।

 
 
  
 

You may also like