प्रकोप व्यवस्थापनका लागि प्रदेशस्तरीय समिति गठन,आकस्मिक कोष खडा गर्न माग

बुटवल । प्रकोप व्यवस्थापनका क्षेत्रमा कार्यरत सस्थाहरुको बुटवलमा सम्पन्न २ दिने प्रदेशस्तरीय भेला तथा अन्तरक्रियाबाट सामूदायिक प्रकोप व्यवस्थापन समिति सञ्जाल प्रदेश ५ गठन गरेको छ ।
हिजो र आज बुटवलमा भएको भेला तथा अन्तरक्रियाबाट रुपन्देहीका साहबुद्विन देवान संयोजक रहेको तदर्थ समिति गठन गरीएको छ । समितिको सहसंयोजकमा पाल्पाका सन्तोष शेरचन र कपिलवस्तुका सिता भण्डारी,सचिवमा नवलपरासीका उमेश कुमार बिक, उपसचिवमा अर्घाखाचीका फरशुराम पाण्डे, कोषाध्यक्षमा गुल्मिका मिना भण्डारी र सदस्यमा शान्ती कुमारी गुप्ता, अशोक कुमार गोश्वामी, गंगा सागर र गणेश प्रसाद घिमिरे रहनु भएको छ ।
नवगठित प्रदेश समितिले प्रदेश भेलाबाट गरेका निणर्यहरु सार्बजनिक गर्नुका साथै प्देशका आन्तरीक मामिला तथा कानूनमन्त्रि कुल प्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, नियमावली तथा रणनीति जारी गर्न सरकारसंग माग गरेको छ । समितिले विपद् व्यवस्थापनका लागि स्थानीय तहमा आकस्मिक कोष खडा गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सामूदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भारतले नेपालको भू– भागमा बांधेको बांधका कारण नेपाली भूमि वार्षेनी डुवानमा पर्दा मानवीय र धनजनको क्षती हुने गरेको बताउनु भयो । भारतीय बांधका कारण वर्षेनी हुने क्षतीलाई रोक्नका लागि पहल गर्न सरकारसंग माग गर्नुभयो । उहाले लक्ष्मणुर बांध, मईली सागर, कपिलवस्तु लोटन खुद्रबांध, गण्डक सुस्ता बांधका कारण ठूलो समस्या निम्ताउने गरेको बताउनु भयो । समितिले सिद्वबाबा पहिराको दिर्घकालिन व्यवस्थापनका लागि माग गरेको छ । गुल्मीलगायतका विभिन्न जिल्लाहरुमा वर्षासंगै गएको पहिरोबाट भएको क्षतीको उचित व्यवस्थापनका लागि सञ्जालले सहयोग गर्ने बताएको छ । विपद्मा परेको परिवारको पुनरवासको व्यवस्थापनका लागि सञ्जालले सरकारसंग माग गरेको छ ।

 
 
  
 

You may also like