रोयल सोसल क्लब अफ बुटवल द्वारा ब्रेन ट्युमर बिरामिलाई सहयोग

by समतल अनलाइन

बुटवल। बुटवलमा रहेको सामाजिक कार्यमा अग्रणि भुमिका निर्वाह गर्दै आईरहेको सामाजिक संस्था रोयल सोसल क्लब अफ बुटवलले पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा न. ८ निवासि ब्रेन ट्युमर बिरामि हरि भुसाललाई मिति २०७६/०६/०४ गते निज हरि भुसालको घरमै गई एक कार्यक्रमका बिच , रु . २०१५५ रुपैया हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष निरज बन्जाडेको अध्यक्षतामा रहेको कार्यक्रममा बग्नासकाली गाउपालिका बडा न. ८ का वडा अध्यक्ष गणेश बस्याल प्रमुख आथित्यता र क्लबका उपाध्यक्ष समिर आचार्यको संचालनमा सम्पन्न भएको हो । समाजमा रहेका विभिन्न समस्या समाधानमा क्लबले गरेको कार्यप्रती खुसी भई क्लबको सफलताको कामना प्रकट गर्दै वडा अध्यक्ष गणेश बस्यालले हरि भुसाल बचाउ अभियानको लागि क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । क्ल्वका कोषाध्यक्ष गौरब रेग्मिले क्लबले हरेक ठाउँका सामाजिक समस्याका लागि क्लब अहोरात्र खट्ने कुरा ब्यक्त गर्नुभएको थथियो। यसैगरी क्लबका अध्यक्ष निरज बन्जाडे ले सामाजिक कार्यमा क्लबले सधै ईटा थप्ने प्रतिबद्धता दिनुभएको छ ,क्लबका उदेश्य , रणनीति , र कार्यहरूलाई स्पष्ट पार्दै उपाध्यक्ष समिर आचार्य ले हरि भुसाल बचाउ अभियानमा सहयोग पुर्याउने सबैलाई सम्झिनुभएको छ ,।

क्लबका सद्स्यहरु , कमल मरासिनी गणेश न्यौपाने , गणेश दाहाल को पनि उपस्थिति रहेको कार्यक्रम मा समाजसेवी ब्यक्तित्व मोतिलाल बस्याल ,लगाएत विभिन्न समाजसेबी , बुद्धिजीवी ब्यक्तित्वहरु र जनसमुदाय को उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like