ओलीलाई हटाएर बामपन्थीको सरकार आवश्यक : चित्रबहादुर

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्ने बताएका छन । प्रधानमन्त्री ओलीलाई हटाएर वामपन्थीहरुको संयुक्त सरकार बनाएर मुलुकलाई निकास दिनुपर्ने बताए । फेरी संसद विघटन गरेर देशलाई मध्यावती चुनावमा लैजाने खेल शुरु भएकाले त्यसलाई रोक्न पनि वामपन्थीबीच सहकार्यमा सरकार गठन गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न चौथौ राष्ट्रिय सम्मेलनका निर्णय र निर्वाचित केन्द्रिय नेतृत्वबारे जानकारी गराउने उद्वेश्यले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो कुरा बताएका हुन । देशमा पामपन्थीहरुको सरकार आवश्यक भएपनि राष्ट्रिय जनमोर्चाको अहिले सरकारमा जाने निर्णय नभएको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्दै गणतत्त्र धर्मनिरेपेक्षता र बहुदलीय व्यवस्था सिध्याउने गरी विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको दाबी गरे । नेपालको अखण्डता र सार्वभौकितामाथि भारतले पहिलेदेखि नै कब्जा जमाउने गरी गतिविधि सञ्चालन गरिरहेको दावी गर्दै अहिले फेरी हिन्दु राज्य कामय गरेर नेपाललाई थप अस्थिरतामा लैजान चाहेको अध्यक्ष केसीको तर्क छ ।

नेपालमा जवरजस्त एमसिसी ल्याएर अमेरिकारले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको बताए । उनले अहिलेको व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने भएकाले बहुसंख्यक जनताका समस्या समााधानका लागि जनवादी व्यवस्थाको विकल्प नभएको बुटवलमा सम्पन्न सम्मेलनले निष्कर्ष निकालेको बताए ।

गणतन्त्रबादी शासकहरुका गलत नीतिका कारण वर्तमान व्यवस्थाप्रति जनताको असन्तुष्टी बढ्नुका साथै गणतन्त्रका बिरुद्व देशमा जनमत निर्माण भएको राष्ट्रिय जनमोर्चाको सम्मेलनले ठहर गरेको छ । राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्रबहादुर केसी निर्वाचित भएका छन । ३७ सदस्य पूर्ण र १० बैकल्पिक सदस्य रहेको राष्ट्रिय जनमोर्चाको सम्मेलन केन्द्रिय समिति गठन गरेको छ । जसको कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, समिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भए ।

 
 
  
 

You may also like