मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभरका पहाडी क्षेत्रमा बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । मौसम बदलीका कारण आज (शनिबार) प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जनाइएको छ । बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रहेको र दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ः४४ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ६ः२६ मिनेटमा हुनेछ ।

 

 
 
  
 

You may also like