पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। नेपालमा अहिले स्थानीय वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण आज (शनिबार) पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यातय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । राति भने वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
सोमबार रातिसम्मको मौसम अनुमान

चैत २१ गते शनिबार (आज)
दिउँसो – प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत २२ गते आइतबार
दिउँसो – देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत २३ गते सोमबार
दिउँसो – देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति – देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 
 
  
 

You may also like