१५ वर्षीया किशोरी बलात्कार गर्ने ८० वर्षका वृद्ध पक्राउ

बागलुङ । बालिका बलात्कार आरोपमा बागलुङ प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–१ की १५ वर्षीया बालिकालाई स्थानीय वृद्धले बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए ।

मल बोक्न हिंडेकी बालिकालाई बलात्कार गरेको देखेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए । चैत १२ गतेको घटना भए पनि ढिला उजुरी आएपछि प्रहरीले बुधबार मात्रै उनलाई पक्राउ गरेको हो । वृद्धले आरोप अस्विकार गरे पनि स्थानीयले भिडियो खिचेको भेटिएको प्रहरीले जनाएको छ । पीडित बालिका स्वास्थ्य परीक्षणपछि घर फर्केकी छिन् ।

 
 
  
 

You may also like