नेपाल फर्किन लागेका युवाको दक्षिण कोरियामै मृत्यु

काठमाडौं । दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । सुर्खेतका गगन रावलको कोरियामा हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ ।

उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो । प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार राति एक्कासी ठूलो आवाजमा गगन चिच्याएका थिए । त्यसपछि हेर्न जाँदा उनी भुइँमा बेहोस भेटिएका थिए । दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए ।

 
 
  
 

You may also like