लुम्बिनी भ्रमण बर्ष– पर्यटकविहीन बर्ष बनेर टुंगिने चिन्ता बढ्यो

by समतल अनलाइन

१. लुम्बिनी भ्रमण बष–पर्यटकविहीन बर्ष बनेर टुंगिने चिन्ता बढ्यो

लुम्बिनी भ्रमण बर्ष जारी छ पाँच नम्बर प्रदेश सरकारको अगुवाईमा । तर पर्यटक भने खोज्नु पर्ने अवस्थामा पुगेको भ्रमण बर्षको विषयलाई लिएर बिभिन्न टिकाटिप्पणी हुन थालेका छन् । पर्याप्त प्रचार प्रसारको अभाव, आवश्यक पूर्वाधारको निर्माण नगरिनु र सुरक्षा व्यवस्थाका लागि पर्याप्त गृहकार्य नहुँदा भ्रमण बर्षले कुनै उपलब्धि हासिल गर्ने अवस्था देखिदैन ।

यद्धपि अझै चार महिना समय बाँकी रहे पनि यस अवधिमा भ्रमण बर्षको सम्मान गर्न पर्यटन ओइरिने सम्भावना न्यून नै देखिएको छ । भ्रमण बर्ष भर बुद्ध जन्मस्थली लुम्बिनी र बुद्ध भगवानसंग सम्बन्धित बुद्धस्थलहरुमा पर्यटकको कुनै पनि चहलपहल नदेखिनु वास्तवमा नै भ्रमण बर्ष नभएर पाठ सिक्ने बर्ष भने बनेको छ । यो पाठ चार महिना पछि सुरु हुने भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि काम लाग्न भने सक्नु पर्छ । स्थलमार्गबाट प्रवेश गर्ने पर्यटकका लागि भैरहवा–लुम्बिनी र लुम्बिनी–कपिलबस्तु निर्माणाधीन सडकको दूरावस्थाले पनि लुम्बिनी भ्रमण बर्षलाई नराम्ररी प्रभावित पारेको प्रष्ट छ । त्यसमाथि पनि भ्रमण बर्षको बारेमा सरोकारवाला स्थानीय तहका जनप्रतिनिधिलाई कुनै छेक छन्द नहुनु अर्को अचम्मको विषय बनेको छ ।

२. ७१ बर्षमा पनि जोश देखाउन बुटवलका दुई बृद्धले पारे सबैलाई चकित

सत्तरी अर्थात सात दशक नाघेपछि धेरै नेपाली नागरिक डाँडाको घाम झै बनेर जीवनको बाँकी अध्यायको अन्त्यको प्रतीक्षामा हुन्छन । सत्तरी बर्षको उमेर पछि घरमा नै आराम गर्ने ,भजनकिर्तन गर्ने र धर्मकर्म एवं तीर्थाटनमा जाने शैली धेरै नेपालीमा छ । तर ७१ बर्षको उमेरमा हिडिरहेका बुटवलका २ वृद्ध भने यो उमेरमा पनि पसिना बगाएर रकमको जोहो गर्न व्यस्त छन् ।

ईलोडर रिक्सा लिएर बुटवलका बिभिन्न स्थानमा पुग्ने यी दुई वृद्धालाई दिनभर काम गर्दा पनि फर्सद् मिल्दैन । विहान उठेदेखि व्यस्त रहने यिनीहरु झमक्क साँझ परेसम्म व्यस्त रहेन गर्छन र आफुले कमाएको रकम बैंकमा जम्मा गरेर महिनाको अन्तिममा बाँड्ने गर्छन । आँट , हिम्मत र साहस त रहेछ जीवन । यी दुई वृद्धको साहस र कामलाई हाम्रो पनि सलाम ।

३.पाल्पामा ‘लोकल ’ कुखुरा पाल्ने लहर बढ्दा स्थानीयको आयआर्जनमा पनि चित्तबुझ्दो वृद्धि

स्थानीय जातको कुखुरा अर्थात बोलीचालीको भाषामा लोकल कुखुरा । अहिले पाल्पामा लोकल कुखुरा पाल्नेहरुको जमात बढ्दै जाँदा यही जमात भित्र एक युवा पनि उदाहरण बनेर पेश भएका छन् । ब्रोइलर र अन्य जातका कुखुराहरुले लोकल कुखुराको अस्तित्व नै समाप्त पार्ने अवस्था देखिएपछि यस जातको कुखुरा पाल्न तर्फ हौसिएका किसानहरु अहिले लोकल कुखुराले दिन थालेको आम्दानीले पनि दङ्ग छन् ।

उपभोक्ताको पहिलो रोजाईमा पर्ने र लोकल कुखुरा भने पछि दाममा पनि बढी मोलमोलाइ नगर्ने उपभोक्ताको वानीका कारण पनि लोकल कुखुरा पाल्ने चलन पाल्पामा बढ्दै गएको छ ।

 
 
  
 

You may also like