भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार संक्रमित, २५१ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६० हजार ६९२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार ४७६ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड १२ लाख ३१ हजार ६५० जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २६ हजार ४९0 जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ३ लाख ९५ हजार १९२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड ७५ लाख ३ हजार ८८२ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १० लाख ६५ हजार २१ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ३१ लाख ४५ हजार ७०९ जनाले कोरोनाको खोप लगाएका छन् ।

 

 
 
  
 

You may also like