भारतले लगायो कोरोना खोप निर्यातमा रोक

काठमाडौं। भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् ।

भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् ।

भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ । भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बनतर्फ लागेको छ ।

भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप नआउने भएको छ । एजेन्सी

 
 
  
 

You may also like