बुटवलको वडा नम्वर १ मा बन्न लागेको कवर्ड हल निमार्ण रोक्न अदालतको आदेश

सुमन अधिकारी
बुटवल । उच्च अदालत तुसीपुर बुटवल इजलासले बुटवल उपमहानगरपलिका वडा नं. १को रजाए मुस्तफा मन्दिर अगाडी बनाउन लागेको कर्वड हलको निमार्ण कार्य अर्को आदेश नहुदासम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत बुटवल इजलासका न्यायाधिश द्वय दयानाथ खरेल र दिपेन्द्र बहादुर वमको संयुक्त इजलासले निशेधाज्ञा मिश्रीत परमादेश गरेको हो । अहमत मियाको रिटमा अदालतको आदेशमा कित्ता नं. ४५ को क्षेत्रफल ८१६.६० वर्गमिटर जग्गा भाचेग गर्ने व्यक्तिहरुका नाममा दर्ता गर्ने परमादेश जारी हुने नहुने विषय हाल विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै उक्त रिट निवेदनमा विपक्ष नगरपालिकाले सो कित्ता को जग्गा सार्वजनिक हो भन्ने लिखित जवाफ पेश गरेको र सार्वजनिक जग्गा संरक्षण गर्ने कर्तव्य नगरपालिकाको भएको भएपनि सो जग्गा आफुले उपभोग गर्ने अधिकार स्वायत स.स्था नगरपालिकालाई मालपोत ऐन २०३४ को दफा २४ ले प्रदान गरेको नपाइएको जनाइएको छ ।

आदेशमा नगरपालिकाले जग्गा उपभोग गर्न मालपोत ऐन २०३४ को दफा २४ को प्रतिबन्धात्मक बाक्यांश बमोजिम नेपाल सरकारको स्वीकृत अनुमति पनि नगरपालिकाले नलिएको जनाइएको छ । त्यसैगरि सरकारको स्विकृति विना जग्गा प्रयोग गर्न पाउने कानूनी व्यवस्था नभएको र सो प्रयोगले सार्वजनिक परम्परागत प्रयोगमा दखल असर पर्ने भनि माग दावी निवेदककोतर्फबाट भएको अवस्थामा प्रस्तसत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म जग्गा यथास्थितिमा राख्नु, कुनै किसिमको निमार्ण कार्य नगर्नु गराउनु भन्दै विपक्ष उपमहानगरपालिको नाममा उच्चा अदालत नियमावली २०७३ को नियम ४२(१) वमोजिम अन्तरिम आदेश जारी गरि आदेशसहितको जानकारी विपक्षीलाई दिनु भनिएको छ ।

साथै अदालतले निवेदनको प्रकृतिलाई महन्व दिदै निवेदन उपर अग्राधिकार दिई सुनुवाईपर्ने देखिएको भनि अग्राधिकारमा राखी विपक्षीबाट लिखित जवाफको माग पनि गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १ को जामे मस्जिद अगाडि २०२८ सालदेखि बस्दै आएका १६ घर परवारको टहरा उपमहानगरपालिकाले डोजर लगाएर भत्काएपछि सो ठाउमा कवर्डहल बनाउन सुरु गरेको थियो ।

बुटवल उपमहानगरपालिकाले डोजर लगाएर खाली गराएको क्षेत्रमा १६ परिबारहरु लामो समयसम्म रिले अनशनमा बसेका थिए । बुटवल–१ जामे मस्जिद अगाडि तत्कालीन श्री ३ बडामहारानीको साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारले सो जग्गाको मुआब्जा पाउनु पर्ने बताउदै आएका छन् ।

बस्ती हटाएर उपमहानगरले कभर्ड हल बनाउन शिलान्यास गरेपछि बृद्धबृद्धा र बालबालिका समेतका १६ परिवारले आफूहरु ४८ वर्षदेखि बस्दै आएको ठाउमै बसोबास गर्न पाउनुपर्ने माग गर्दै अनसन बसे हुन भने रजाए मुीतफाले सार्वजनिक जग्गा राखेर पार्किङ्गको व्यवस्था गर्नु पर्ने बताएको थियो ।

 
 
  
 

You may also like