योगेशले लिए पर्यटनमन्त्रीको शपथ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

गत फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।

 
 
  
 

You may also like