सत्यवती गाउँपालिकामा संविधान दिवसका विविध कार्यक्रम सम्पन्न

by समतल अनलाइन

सुरेश थापा
गुल्मी । सत्यवती गाउँपालिकामा हिजो देखि सुरु भएको संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपालको संविधान मौलिक हक र नागरिक कर्तव्य विषयमा वक्तृत्वकला प्रतियोगिता भएको थियो। उक्त प्रतियोगितामा सत्यवती मा.वि. हँसराकी सपना वि.क. प्रथम, जनता मा.वि. अस्लेवाकी विष्णुमाया कुवँर द्धितिय, जो.र.प्र. ला. मा.वि. चोरकाटेकी विनिता खत्रि तृतिय र धर्मपुर मा.वि. लुम्पेककी सफल तरामु सान्त्वना भएका छन ।

आज गाउँपालिकाको सभाहल अरुङ्गा बजार खैरेनीमा सत्यवती गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयका तर्फबाट २ जना विद्यार्थी १ जना छात्र र १ जना छात्रा गरि २२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको अध्यक्षता, प्रशासकिय अधिकृत यादव भण्डारी, वडा नं. १ का वडा अध्यक्ष भिमलाल पाण्डे, वडा नं. ४ का दान बहादुर राना, वडा न ५ का ओम प्रकास भण्डारी,

वडा नं. ६ का का.मु. अध्यक्ष छविलाल भट्टराई, वडा न. ७ का लोक बहादुर बुढाथोकि, इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख सुग्रिब बहादुर बैदवार, चेम्बर अफ कमर्सका अध्यक्ष युवराज न्यौपाने, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका डा. शिला ढकाल, पत्रकार, विभिन्न राजनैतिक दलका प्रतिनिधि, कर्मचारी विभिन्न विद्यालयका प्र.अ. तथा प्रतिनिधि, सहभागि विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन सत्यवती गाउँपालिका स्वास्थ्य साखा प्रमुख सूर्य बहादुर रानाले गर्नुभएको थियो । संबिधान दिवसको अवसरमा नेपालको सम्बिधान स्थानीय तहको अधिकार र नागरीक कर्तव्य विषयक अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो । सोहि अवसरमा गुल्मेली समाज जापान द्धारा शालिकराम भण्डारीको अध्यक्षतामा संकलित रकम लिम्घा र ठुलो लुम्पेकका पहिरो पिडितहरुको घर निर्माणका लागि रु १० लाख धनपती ढकालको नेत्रित्वमा सत्यवती गाउँपालिका लाई हस्तान्तरण गरेको छ ।

 
 
  
 

You may also like