थप ७७ जनामा कोरोना पुष्टि, २४ घण्टामा १०६ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ७७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ७५ हजार ९०६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९६९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ९२१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १८१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ३६ हजार ५२६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९६९ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like