रुपन्देहीमा प्रहरी जवानद्वारा एक युवती बलात्कृत , बलात्कार पछी हत्याको प्रयास

बुटवल ।रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानद्वारा किशोरीलाई बलात्कारपछि हत्याको प्रयास गरेको खुलेको छ ।

तिलोत्तमा–११ की अन्दाजी १९ वर्षिया किशोरीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा एक प्रहरी जवान बिरुद्ध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

नवलपरासीको जर्घामा कार्यरत अन्दाजी २२ वर्षिय प्रहरी जवानलाई किशोरीलाई बलात्कार र ज्यान मार्ने उद्योगको अभियोगमा पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताए । शनिबार विहान करिब ५ बजेको समयमा ती प्रहरी जवानले किशोरीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको पिडित युवतीको पारिवारीक श्रोतले जनाएको छ ।

युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जँगलमा फ्याकिएको पिडितका परिवारले जनाएका छन् ।

घाटी थिचेर किशोरी वेहोस भएपछि मरेको ठानेर अभियुक्त फरार भएको र पछि किशोरी अर्धचेत अवस्थामा हिँडीरहेको देखेपछि स्थानीयले उद्दार गरेको जनाइएको छ ।

घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन् । पीडित किशोरीको बुटवलको एक अस्पतालमा उपचार भैरहेको छ ।

 
 
  
 

You may also like