डेढ सय बढीले लिए फ्रि–म्यूजिक प्रशिक्षण

बुटवल । सांगीतिक ब्याण्डहरुको समूह ‘बुटवल रक्स’ले संगीतकर्मी तथा संगीतप्रेमीहरुका लागि एकदिने ‘बुटवल वर्कसप’को सम्पन्न गरेको छ। शनिबार बुटवल–११ कालिकानगर स्थित महाराजा रिसोर्टमा भएको वर्कसपमा गायन,वाद्यवादन तथा विभिन्न विषयमा प्रशिक्षण दिइएको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए।

बुटवल रक्सको आयोजना र काठमाण्डु ज्याज कन्जर्भेटरीको सहयोगमा भएको वर्कसपमा रुपन्देही,नवलपरासी,पाल्पा,कपिलबस्तु,नेपालगञ्ज लगाएतका व्याण्ड सदस्यहरु तथा संगीतप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताए। निःशुल्क सहभागिता रहेको प्रतियोगितामा १ सय ५० जना भन्दा बढीले सहभागिता जनाई प्रशिक्षण लिएको उनले जनाए।

जसमा नेपालकै चर्चित व्याण्ड १९७४ एडि लगाएतले पश्चिम प्याटर्न,ज्याज,गितार, किबोर्ड, ड्रम्स,फ्लुट लगाएतका विषयहरुमा प्रशिक्षण गराइएको कार्यक्रम संयोजक विराज भट्टचनले बताए । शनिबार दिउँसो प्रशिक्षण दिएको काठमाण्डु ज्याज कन्जर्भेटरीको समूहले साँझ कालिकानगरमै स्थित द कन्सेप्ट क्लब एण्ड पवमामा प्रस्तुति दिएका थिए।

 
 
  
 

You may also like