भारतमा २४ घण्टामा १८ हजार २९२ जनामा संक्रमण, १०९ जनाको मृत्यु

काठमाडौँ । भारतमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख ९१ हजार ८६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ६९३ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ५२ हजार १७४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८१ हजार ९९७ छ ।

 
 
  
 

You may also like