कस्ता क्रुर बाबु : आफ्नै १८ वर्षीया छोरीको टाउको काटेर बोकेर गए प्रहरी चौकी

काठमाडौं । भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक भयानक घटना भएको छ । एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको काटेर प्रहरी कार्यालय पुगेका छन् ।

छोरीको काटिएको टाउकोसहित थाना पुगेर उनले प्रहरी समक्ष आफूले हत्या गरेको बताएका हुन् । त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चातप नदेखिएको प्रहरीले जनाएको छ ।

उनले छोरीलाई एक केटासँग आपत्तिजनक अवस्थामा फेला परेकाले हत्या गरिदिएको बयान दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनलाई प्रहरीले हिरासतमा राखेको छ ।
छोरीको काटिएको टाउको उनले कुनै कपडाले नढाकीकन खुलै लगेका थिए । जसको संवेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ । एजेन्सी

 
 
  
 

You may also like