मोटरसाईकलले ठक्कर दिँदा २ विद्यार्थी घाईते

by समतल अनलाइन

सैनामैना । रुपन्देहीको सैनामैनामा मोटरसाईकलले ठक्कर दिँदा २ बालक घाईते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना ६ दुधराक्षमा पश्चिमदेखि पुर्व तर्फ जाँदै गरेको रा ४ प ५३३० नम्बरको मोटरसाईकलले ठक्कर दिँदा विद्यालय छुट्टि भई घर जाँदै गरेका दुई बालक घाईते भएका छन । घाईते हुनेमा ११ वर्षका आयुष विक र १३ वर्षका अरुण चौधरी घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उनिहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको हा् । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like