प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज (शुक्रबार) साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

साँझमा मन्त्रिपरिषद वैठक बस्ने जानकारी आए पनि एजेण्डाबारे कुनै कुरा नखुलाइएको ती मन्त्रीले बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

बैठकले बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको ती मन्त्री बताए । अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो ।

 

 
 
  
 

You may also like