अझै पश्चिमी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षा

by समतल अनलाइन

काठमाडौं। नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको मौसमविदले जानकारी दिएका छन् ।

आज (बिहीबार) प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

शुक्रबार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like