केटूको आरोहणमा गएका तीन जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । पाकिस्तान सरकारले तीन जना हिमाल आरोहीको ज्यान गएको छ । यसै महिनाको शुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तनी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलिका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले मृत घोषणा गरिएको हो ।

संसारकै सबैभन्दा खतरनाक मानिएको केटू हिमाल आरोहणका क्रममा ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएको त्यहाँको सरकारले जनाएको छ । खराब मौसम र लगातार हिमपात भइरहेका कारण हराइरहेकाहरुको खोजी कार्यमा समस्या भएको पाकिस्तानी मौसम विभागका अधिकारीहरुलाई उध्रृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उनीहरुले अत्याधिक चिसो मौसम भएकाले लामो समयसम्म कुनै जीव बाँच्न सक्ने अवस्था नरहेकाले हराइरहेकाहरु जिवितै फेला पर्ने सम्भावना नरहेको जनाएका हुन् । यता ग्याल्टन बालिस्तान प्रान्तका एक मन्त्रीले भने हराइरहेकाहरुको खोजी कार्यलाई जारी राख्नुपर्ने बताएका छन् ।

ती आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् । यसअघि १० जना नेपाली पर्वतारोहीको टोलीले गत माघ ३ गते एकैसाथ केटू हिमालको सफल आरोहण गरिसकेको छ । सन् २००८ मा सो हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो । एजेन्सी

 

 
 
  
 

You may also like