भारतको मध्य प्रदेशमा बस दुर्घटना : मृतकको संख्या ५१ पुग्यो, चार जना अझै बेपत्ता

by समतल अनलाइन

काठमाडौं । भारतको मध्यप्रदेशअन्तर्गत सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु भएकाको संख्या ५१ पुगेको छ ।मंगलबार बिहान ६२ यात्रु लिएर सतना भन्ने स्थानतर्फ गइरहेको बस २२ फिट गहिरो वाणसागर नहरमा खसेको हो । तीमध्ये ५१ जनाको शव भेटिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । सात यात्रु भने ज्यान जोगाउन सफल भएका छन् । अझै चार जना बेपत्ता छन् । उनीहरू नहरमा बगेको आशंका गरिएको छ ।

मृतक १६ जनाको उमेर २५ वर्ष तथा यसभन्दा मुनि छ । ५१ शव पोस्टमार्टम भइसकेको छ । बसका चालक पनि पौडेर ज्यान जोगाउन सफल भएका छन् भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्सी

 
 
  
 

You may also like