२५ औं बिश्व आदिवासी जनजाति दिवस रुपन्देहीमा साताब्यापी मनाइने

बुटवल । आदिवासी जनजाति महासंघ रुपन्देहीले २५ औं विश्व आदिवासी जनजाति दिवस बिभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाउने भएको छ ।
महासंघले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दिवसका अवसरमा यही साउन १७ गतेदेखि २४ गतेसम्म रुपन्देहीमा बिभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ ।

साताव्यापी कार्यक्रम अन्तरगत साउन १७ गते ‘ स्थानीय तहको बजेटमा लक्षित वर्गको अवस्था र बहुच’ विषयक अन्तरक्रिया गर्ने, १८ गते लुम्बिनी प्रादेशीक अस्पतालमा फलफूल वितरण, १९ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, २० गते ड्राइभरटोलदेखि गोलपार्क हुँदै थकालि सेवा समाजको भवनसम्म भ्रष्टाचार विरुद्ध हाफ म्याराथन प्रतियोगिता तथा २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिने महासंघका रुपन्देही अध्यक्ष शंकर गाहामगरले जानकारी दिनुभयो ।

यस्तै दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत्त र्याली सहित सभाको आयोजना गरिने छ । बिहान १० बजे बुटवल बहुमुखी क्याम्पसबाट सुरु हुने र्याली बुटवलमण्डपमा आई सभामा परिणत हुने छ ।

यस वर्ष दिवसका नारा ‘पहिचान, सह–अस्तित्व र अधिकार’ तय गरीएको छ ।

 
 
  
 

You may also like