बुटवलमा प्रकोप व्यवस्थापन समितिहरुको भेला

१४ साउन, बुटवल । प्रदेश ५ मा प्रकोप व्यवस्थापनका क्षेत्रमा कार्यरत बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु बुटवलमा भेला भएका छन ।

प्रकोप व्यवस्थापनमा देखिएका समस्याका सम्वन्धमा छलफल तथा अन्तरक्रिया गर्न र प्रदेशस्तरीय समिति गठन गर्न प्रदेशका १२ जिल्लामा प्रकोप व्यवस्थापनमा कार्यरत सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु बुटवलमा भेला भएका हुन ।

भेलाका अवसरमा उनीहरुले प्रकोप व्यवस्थापनमा संघ सस्थाले गर्ने प्रयास, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट भईरहेका सहयोग, कानूनी व्यवस्था लगायतका सम्वन्धमा बुटवलको गोलपार्क स्थित मर्निग ड्यू होटलमा छलफल गरीरहेका छन ।

सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्टिय सञ्जालको आयोजना तथा बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र, सेभ द चिल्डेन बुटवल र इन्द्रेणी ग्रामिण बिकास केन्द्रको सहयोगमा २ दिन चल्ने भेला तथा अन्तरक्रियाको प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले उदघाटन गर्ने कार्यक्रम रहेपनि उनी नआएपछी कार्यक्रमका अतिथिहरुले सामुहिक रुपमा उद्घाटन गरेका थिए ।

बिहान ११ बजेका लागि मन्त्री केसीसंग समय लिएका आयोजकहरु १२ बजेर २५ मिनेट जादासम्म नआएपछी कार्यक्रममा उपस्थित अन्य अतिथिहरुबाट गमलाको फुलमा पानी सिचेर उद्घाटन गराएका थिए ।

भेला तथा अन्तरक्रिया उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदास, प्रदेश सुचना केन्द्रका लक्ष्मि कोइराला,सेभ द चिल्डेनका अस्विर सारु, युएनएमएनका सुरज सुनार, प्रकोप व्यवस्थापन समिति राष्टिय सञ्जालका अध्यक्ष शाहबुद्धिन देवान,उपाध्यक्ष नवराज गौतम, प्रदेश तदर्थ समितिका संयोजक जगन्नाथ कुर्मी, बिकास तथा प्रकोप व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक धर्मराज घिमिरे लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like