सामुहिक ईहि यज्ञ शुरु

by समतल अनलाइन

बुटवल । नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा क्येटा पुजा शुरु भएको छ । नेवा सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा दुई दिने कार्यक्रम सोमबारदेखि शुरु भएको हो ।

समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमबाट छरिएर रहेका नेवारहरु बिच एकता हुनुको साथै आर्थिक ब्ययभार समेत परिवारलाई कम हुने दाबी गरे । प्रत्येक वर्ष संस्थागत रुपमा ११ पटक आयोजना गरिएको कार्यक्रम गरिएको उनले बताए ।
नेवार पण्डित हरिशरणोराज्योपाध्यले संस्कृतिमा धनी नेवारहरु संगठित भएर लाग्दा नया पिढिलाई यसको ज्ञान हुने बताए ।

समितिका सचिव डिल्लि कुमार श्रेष्ठले ८४ जना कन्याहरु सहभागि रहेको बताए । यसैगरि दोस्रो दिन ८ जना नेवार बालकको ब्रतबन्ध समेत हुने उनले बताए । कार्यक्रममा रुपन्देही,काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट सहभागिता रहेको छ ।

संयोजक बिष्णुमाया श्रेष्ठले नेवार जातिभित्र रहेको धनी र गरिबको खाडल हटाउन यसरी गरिने सामुहिक कार्यले सहयोग मिल्ने बताईन । विहान भुपुसैनिक क्लबबाट शुरु भएको जनचेतना र्याली समितिको भवन पुगेर पुन: भुपुसैनिकमा फर्किएर अौपचारिक कार्यक्रम शुभारम्भ भएको थियो ।

 

 

 
 
  
 

You may also like