बुटवल। हरियाली यातायात बुटवलको आयोजनामा बन्द सदाका लागि बन्द गरौ भन्ने नारासहित अभियान थालिएको छ । खुद्रा किराना ब्यवसाय संघ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, खुद्रा ब्यवसायी संघ, हाट बजार ब्यवसायी संघको एकबद्घतामा सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि राजनितिक दलहरु बन्दलाई सधैलाई बन्द गर्नुपर्ने बताए ।
हरियाली यातायातका अध्यक्ष कृष्ण प्रसाद तिवारीले बन्द सदाका लागि बन्द गर्न आव्हान स्वरुप साकेतिक रुपमा कार्यक्रम गरिएको बताए । बुटवलमा ई रिक्सा चलाएर दैनिकि चलाउनेहरुको ठूलो संख्या रहेको उनले बताए ।
ई रिक्सा ब्यवसायी ज्ञानु बश्यालले इरिक्सा रुपन्देहीमा दर्ता नहुदा धेरै कठिनाई रहेको बताए । मंसिर २४ गतेसम्म बुटवलमा ८ सय २५ वटा रिक्सा दर्ताको प्रक्रियामा रहेको भन्दै यसलाई छिटोभन्दा छिटो खुलाउन उनले माग गरे। बुटवलमा चल्ने आधा रिक्सा प्रदेश २ मा दर्ता भएको तथा वार्षिक प्रादेशिक कर ५ हजार, संघ कर ३ हजार कर तिर्दै आएको उनले छ । ईरिक्सामा प्रयोग हुने ब्याट्रीको ४१ प्रतिसत कर सरकार लिदा ठूलो समस्या भएको उनले बताए। करीब रिक्साको एक सेट ब्यट्रिको ८०-९० हजार खर्च हुने र २ वर्ष वारेन्टी रहेको उनले बताए ।
कार्यक्रममा खुद्रा किराना ब्यवसाय संघका वरिष्ठ महेन्द्र प्रसाद पोखरेल, हरियालीका सचिव गोपाल रिजाल, कोषाध्यक्ष लाल बहादुर राई, अभियन्ता योगराज भण्डारी, रुद्रप्रसाद घिमिरेले वातावरणमैत्री ईरिक्सालाई सरकारबाट ब्यवस्थापन गर्नुपर्ने बताए । सडकको खराबी, ईरिक्सा बिग्रने लगायतका धेरै समस्या रहेको उनीहरुले बताए। बुटवलमा ३ वटा रिक्सा ब्यवसायी संस्थाहरु छन । बुटवलमा करिब १ हजार २ सय चलेको छ । एकहप्ता अघि भएको बन्दको क्रममा ५ वटा ईरिक्सा तोडफोड भएको उनीहरुले दुखेसो गरे।