मणिउजेश र ओक्ल्याण्डद्वारा लक्ष्मीमाविलाई खेलखुद सामग्री सहयोग

by समतल अनलाइन

बुटवल। रुपन्देही बुटवलको लक्ष्मीनगरमा रहेको लक्ष्मी माविमा शैक्षिक खेलकुद सामग्री प्रदान गरिएको छ । ओक्ल्याण्ड फिड दि निड लायन्स क्लव क्यालेफोर्निया अमेरीका र लायन्स क्लव अफ बुटवल मणिउजेशको सहकार्यमा लक्ष्मी माविमा खेलकुद सामग्री सहयोग गरिएको हो । पुर्वप्राथमिक तहका विद्यार्थीका लागि स्कुले बानीमा निरन्तरता दिनका लागि झुला, चिफ्लेटी, साईकल, रकिङ्ग हर्सेस लगायतका सामग्री एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको मणिउजेशले जनाएको छ । अधिकान्स विपन्न परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको सानो कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई खेलकुद सामग्रीका माध्यमले विद्यालयमा नियमित गराउन सहयोग पुगोस् भनेर ४० हजार रुपैया बढीको खेलकुद सामग्री हस्तान्तरण गरिएको लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो । लायन्स क्लव ईन्टरनेशनल ३२५ बीटुका पुर्व डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको खेलकुद सामग्री सहयोग कार्यक्रममा डिष्ट्रिक कोर्डिनेटर नवराज न्यौपाने, एसिय फोरका चिफ सन्दीप कसौधन, लक्ष्मी माविका प्रधानाध्यापक शान्ति शर्मा, पुर्व प्रधानाध्यापक लक्ष्मी शाही, मणि उजेशका निर्वतमान अध्यक्ष नेहा अग्रवाल, उपाध्यक्ष प्रविना घिमिरे, सचिव शान्ता शर्मा, कार्यक्रम संयोजक पुष्पा कण्डेल, कोषाध्यक्ष सृजना श्रेष्ठ लगायतले साना विद्यार्थीहरुमा खेलकुद सामग्रीले स्फुर्ति तथा उत्साह थपिदिने हुँदा विद्यालयलाई सहयोग गरिएका सामाग्रीले विद्यार्थीलाई नियमित गराउन ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । यस्तै उक्त खेलकुद सामग्री वितरणका लागि हाल अमेरीकामा रहनु भएका अनिस घले र मनिस घलेले २२ हजारबढीको आर्थिक सहयोग गर्नु भएको क्लवका संस्थापक अध्यक्ष सृष्टि गुरुङ्गले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like