भारतको उत्तराखण्डमा हिमनदी फुट्यो, १५० जना भन्दा बढी बेपत्ता

by समतल अनलाइन

एजेन्सी – भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमनदी फुटेको छ । बाँध भत्किएपछि ऋषिगंगा परियोजनालाई क्षति पु¥याउने अनुमान गरिएको छ ।

उक्त घटनामा १५० जना भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेपत्ता हुनेहरु सबै ऋषिगंगा परियोजनामा काम गर्ने मजदुर रहेको बताइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ प्रस्थान गरेका छन् । उनले अफवाहलाई ध्यान नदिन र पुरानो भिडियो सार्वजनिक गरेर मानिसमा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् ।

उनले नदी फुटेका कारण अलाकानन्दको तल्लो इलाकामा बाढी आउने सम्भावना रहेको जानकारी दिए । बाढीलाई ध्यानमा राख्दै पौरी, टिहरी, रुद्रप्रयाग, हरिद्वार र देहरादुनलगायत धेरै जिल्लामा सतर्कता अपनाइएको छ ।

समुद्री तटमा मानिसहरू सतर्क भएर बसेका छन् । नदीको किनारमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानतर्फ लगिँदैछ ।

 
 
  
 

You may also like