ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए पेट्रोलियम व्यवसायीको व्यवसाय धरासायी हुने

by समतल अनलाइन

यमलाल भुसाल
बुटवल ।पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए नेपाल भरिका पेट्रोलियम ट्याकर र एलपी ग्यास व्यवसायीको व्यवसाय धरासायी हुने सम्बन्धीत क्षेत्रका अगुवाहरुले औल्याएका छन ।

शनिवार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम डिलस एशोसियशनको १६ औं वार्षिक साधारण सभामा वोल्ने व्यवसायीहरुले नेपाल आयल निगमले लागु गर्न खोजेको पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली व्यवसायीका लागि घातक हुने ठहर गरेका छन । पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागु गर्दा एक ट्याकरमा थप ३० लाख रुपैयां बढी खर्च गर्न व्यवसायी बाध्य हुनु पर्ने भएकाले यो प्रणाली व्यवसायीलाई समाप्त पार्ने षडयन्त्रका रुपमा स्थापित हुने दावि उनिहरुले गरेका छन ।

त्यस्तै व्यवसायीहरुले पेट्रोलियम पदार्थको कारोवार गर्नेहरुको अग्नी वीमा निगमले गरिदिनु पर्ने, मटितेलको कमिशन बढाउनु पर्ने व्यवसायीले निगममा धरौटी स्वरुप राखेको जनही एक जना व्यवसायीको ८ लाख रुपैयांको व्याज उपलब्ध गराउनु पर्ने वा सोही बरावरको पेट्रोलियम पदार्थ उपलव्ध गराउनु पर्ने माग गरेका छन । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उपभोक्ता मैत्री व्यवसाय सफल हुने भन्दै व्यवसायीलाई उपभोक्तालाई खुशि बनाउने विषयमा ध्यान दिन आह्वान गर्नु भयो ।

पहिला भन्दाविगत केही वर्ष देखि पेट्रोलियम व्यवसायमा पारदर्शीता देखिएको प्रति लक्षीत गदै प्रजिअ घिमिरेले अत्यन्तै संबेदनशिल वस्तु भएकाले गुणस्त्तर र परिमाणमा व्यवसायी सधै जिम्मेवार भईरहनु पर्नेमा जोड दिनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले अनुगमनका दौरानमा गलत प्रमाणित नहुदै मिडियामा सार्वजनिक गर्ने परिपार्टीले व्यवसायीको प्रतिष्ठा र मान मर्दन हुने भएकाले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो । गलत गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ तर अनुगमन कै क्रममा दोषि प्रमाणित नहुदै जसरी सार्वजनिक गरिदा समस्या आएको उहाँले बताउनु भयो । नेपाल आयल निगम लुम्बिनी प्रदेशका प्रमुख पल्याङकर आचार्यले पेट्रोलियम व्यवसायीको अग्नी वीमा र अनलाई बैकिंङ प्रणाली जरुरी रहेका उल्लेृख गदै नीति गत रुपमा गर्नु पर्ने विषयमा केन्द्रमा पहल गर्ने धारणा राख्नु भयो ।

पेट्रोलियम डिलर्स एशोसियशनका केन्द्रिय सल्लाहकार चोपनारायण श्रेष्ठले बटमलोडिङ प्रणाली लागु गर्ने भए पहिला व्यवसायीका ट्याकर निगमले खरिद गरेपछिमात्र यो प्रणाली सरकारले नै अवलम्बन गर्न माग गर्नु भयो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलस एशोसियशनका अध्यक्ष प्रेम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रिय उपाध्यक्ष शंकर श्रेष्ठ, गुयास्तर तथा नापतौल कार्यालयका क्षेत्रीय प्रमुख मनोज पोखरेल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेल, नविल बैकंका क्षेत्रीय प्रवन्धक यज्ञ शर्मा, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे
सिद्धार्थ नगरउद्योग वाणिज्यसंघका अध्यक्ष कूल प्रसाद न्यौपाने, एशोसियसनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, एशोसियसनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरे पश्चिमाञ्चल ट्याकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कसौधन पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधि खरेल प्रेस सल्लाहकार, खिमानन्द भटृराई महासचिव हरेराम कशौधन , व्यवसायी याम प्रसाद पोखरेल लगायतले सरकारले पेट्रालियम पदार्थको पसल गर्न नहुने जिकिर गर्नु भएको थियो । सोही समारोहमा एशोसिएयनको उत्कृष्ण पदाधीकारीको रुपमा कोषाध्यक्ष विशाल गैरे पुराना व्यवसायी व्यापार कर्पोरेशन, राजेश अग्रवाल र संस्थागत सहयोगमा टेवा पुराएको भन्दै प्रस सल्लाहकार खिमानन्द भटृराईलाई समान्न गरिएको थियो । साधारण सभाले महासचिव हरेराम कसौधनको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विशाल गैरेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

 

 
 
  
 

You may also like