आमहड्ताल गराउदै हिड्ने दर्जनौं पक्राउ, काठमाडौमा ट्याक्सी जलाइयो

by समतल अनलाइन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता आमहड्ताल गराउदै हिड्न थालेपछि प्रहरीले पक्राउ गर्न शुरु गरेको छ ।

प्रहरीले उपत्यकाका विभिन्न ठाउबाट कार्यकर्ता पक्राउ गरेको छ । अहिलेसम्म प्रहरीले ६ दर्जनभन्दा बढी पक्राउ गरिसकेको छ ।
प्रहरीले शान्ति सुरक्षमा खलल पुर्याउने र तोडफोड गर्दै हिड्नेलाई पक्राउ गर्ने चेतवानी दिएको छ ।

प्रदर्शनकारीले काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् । गोंगबुमा प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

त्यस्तै प्रहरीले प्रचण्ड-नेपाल पक्षकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट पक्राउ गरेको छ ।

सरकारले निर्बाधरुपमा सवारी साधन संचालन गर्न निर्देशन दिएपनि आज सडकमा सवारी साधन भने कम नै चलेका छन् ।

 
 
  
 

You may also like