ओलीलाई पार्टीबाट निष्काशन गर्न नेकपाले सोध्यो स्पष्टिकरण

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीबाट निष्काशन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय भएको छ ।

आज (शुक्रबार) नेकपा प्रचण्ड–माधव पक्षको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य बेदुराम भुसालले जानकारी दिएका छन् ।

‘पार्टी विरोधी गतिविधिमा संलग्न भएका प्रधानमन्त्री ओलीलाई किन पार्टी सदस्यबाट निष्काशित नगर्ने भनेर स्पष्टिकरण सोध्ने निर्णय भएको छ’ भुसालले भने । प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रचण्ड नेपाल समूहले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो ।

त्यस्तै आजको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ भने अन्य पदाधिकारी र सदस्यलाई भने कारबाही गरेको छैन । नेकपा अध्यक्ष माधवकुमार नेपालले हिजो प्रधानमन्त्री ओलीमाथि थप अनुशासनको कारबाही गरिने बताएका थिए ।

 
 
  
 

You may also like