असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण

by समतल अनलाइन

काठमाडौं । दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । एक साता छिटो नयाँ नोट लिएपनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले पनि असोज १० देखि नै नोट बाँड्नेछन् ।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो ।

 
 
  
 

You may also like