बम्घा बचत तथा ऋण समूहको तेस्रो साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल ।  बम्घा बचत तथा ऋण समुहको तेश्रो साधारण सभा सम्पन्न भएको छ । तिलोत्तमाको मणिग्रामस्थित कुमकुम पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो ।

सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका  रहेको बम्घा बचत तथा ऋण समुहका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए ।

कार्यक्रममा  बम्घा बचत तथा ऋण समुहका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता , लेखा संयोजक भिमलाल भण्डारी आतिथ्यता , लगायतको सहभागितामा कार्यक्रम भएको थियो । साथै कार्यक्रम संचालन समुहका सचिव कृष्ण खत्रीले गरेका थिए ।

 

 
 
  
 

You may also like