थप ४४५ जनामा कोरोना पुष्टि, २४ घण्टामा ५ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४४५ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ६६ हजार १४३ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५९ हजार ७७२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १५४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ९७ हजार ९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २३७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ४ हजार ४३४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like