नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा : शर्मा

by समतल अनलाइन

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन् । आज भैरहवामा भएको महासंघ प्रदेशको दोस्रो अधिवेशसनबाट सुरेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

शर्माले जिल्ला नगरमा २२ मत र एशोसिएट तर्फ ७८ मत प्राप्त गरेका थिए । श्रेष्ठले जिल्ला नगरमा ८ र एशोसिएटमा २३ मत ल्याएका थिए ।

अध्यक्ष बाहेक अरु पदमा पदाधिकारीहरुको निर्विरोध चयन भएको छ । जस अनुसार एशोसिएट उपाध्यक्षमा दिपक कुमार पौडेल र जिल्ला नगर उपाध्यक्षमा बालकृष्ण सुवेदी चयन भएको निर्वाचन समिती प्रमुख बाबुराम पाण्डेले जानकारी दिए ।

कोषाध्यक्षमा रत्नप्रसाद श्रेष्ठ चयन भएका छन् । पदाधिकारी र कार्यसमिति गरी उद्योग बाणिज्य महासंघको प्रदेशमा ११ सदस्यीय नेतृत्व चयन भएको हो ।

 
 
  
 

You may also like